२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीमा विकृति बढ्यो, गुनासो कहाँ गर्ने ?

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा विकृतिहरू बढेको पाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै गैर कानुनी तवरबाट रकम लिइएको, अस्वाभाविक पैसा असुलेर त्यसको कुनै प्रमाण नदिएको, भिडियो बनाएर कुनै प्रकारको शुल्क लिएको छैन भनी जबरजस्ती भन्न लगाएको जस्ता उजुरीहरू मन्त्रालयको कल सेन्टरमा दिनहुँ प्राप्त हुने गरेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता घिमिरेद्वारा विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ अनुरूप नेपाली नागरिकलाई विदेशबाट प्राप्त हुने रोजगारीमा मूलतः शून्य लागतको नीति अनुसरण भएको हुनुपर्नेमा सो नीतिको पूर्ण परिपालना नगरेको, तोकेभन्दा बढी सेवा शुल्क र अन्य गैर कानुनी तवरबाट रकम लिइएको, अस्वाभाविक पैसा असुलेर त्यसको कुनै प्रमाण नदिएको, भिडियो बनाएर कुनै प्रकारको शुल्क लिएको छैन भनी जबरजस्ती भन्न लगाएको, स्वास्थ्य परीक्षण गर्दा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि ठुलो रकम असुलेर निरोगिताको प्रमाणपत्र दिने गरेको, विदेश जानु पूर्व अनिवार्य रूपमा सहभागी हुनुपर्ने पूर्व प्रस्थान अभिमुखिकरणमा अनुपस्थित व्यक्तिलाई समेत उपस्थित भएको भनी असान्दर्भिक औँठाछापहरू दर्ता गराएको लगायतका उजुरीहरू मन्त्रालयमा रहेको कल सेन्टरमा दिनहुँ प्राप्त भएको हुँदा उल्लिखित विकृतिहरूका सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

प्रवक्ता घिमिरेका अनुसार यस्ता गैर कानुनी एवम् अमर्यादित क्रियाकलापहरूको न्यूनीकरण गर्न मन्त्रालय र विभागबाट सूक्ष्म अनुगमन र अनुसन्धान भइरहेको छ । वैदेशिक रोजगारीको क्षेत्रमा देखा परेका अनियमितता एवम् गैर कानुनी क्रियाकलापहरू तुरुन्त नरोकेमा प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुने घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक रोजगारीको सन्दर्भमा ठगीमा परेका, बढी पैसा दिन बाध्य पारिएका, अलपत्र परेका पीडितहरूले मन्त्रालयमा रहेको कल सेन्टर ११४१ र १६६००१५०००५ तथा फेसबुक facebook.com/molcallcenter र वैदेशिक रोजगार विभागको ०१–४७९२६४८ मा सम्पर्क गरी आफ्नो समस्या टिपाउन सकिने मन्त्रालयले जनाएको छ । साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा पनि लिखित वा मौखिक रूपमा उजुरी दिन मन्त्रालय अपिल गरेको छ । 

वैदेशिक रोजगारीमा जाने नेपालीलाई सहज होस् भन्ने उद्देश्यले श्रम स्वीकृति प्राप्त गर्ने प्रक्रियालाई समेत मन्त्रालयले पूर्णतः अनलाइन प्रणालीमा लगेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम डेस्कलाई रूपान्तरण गरी वैदेशिक रोजगारीमा जाने र अन्य हिसाबले विदेशमा जाने नेपालीहरूबिच हुने गरेको विभेदलाई पनि अन्त्य गरिएको छ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले कर्मचारीलाई दिएको पहिलो निर्देशनमै वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारलाई विना झन्झट सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन २५ बुँदे निर्देशन दिएका थिए । 

सम्बन्धित समाचार : वैदेशिक रोजगारलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउन सचिव अर्यालको निर्देशन

वैदेशिक रोजगार विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, वैदेशिक रोजगार कार्यालय ताहाचल र जिल्लास्थित श्रम तथा रोजगार कार्यालयबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गरी वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोगबाट सहज र सरल तरिकाले सेवाग्राहीको हितलाई ध्यानमा राखी सकारात्मक सोचका साथ सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सचिव अर्यालको निर्देशनको कार्यान्वयनसँगै केही ऐतिहासिक सुधारहरू भएका छन् । 

प्रतिक्रिया दिनुहोस