राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची 


१२ श्रावण २०७९, बिहिबार


राष्ट्रियसभा

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको शपथ सम्बन्धी विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

त्यसैगरी भौतिक पूर्वाधारमन्त्री मोहमद इश्तियाक राईले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ माथि प्रतिनिधि सभाबाट भएको संशोधन र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेलगायत कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

कार्यसूची !

Tags :
प्रतिक्रिया दिनुहोस