अपांगता भएकाहरुका लागि बजेटको मात्रा बढाउने प्रतिबद्धता : गृहमन्त्री « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अपांगता भएकाहरुका लागि बजेटको मात्रा बढाउने प्रतिबद्धता : गृहमन्त्री


७ श्रावण २०७९, शनिबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले अपांगता भएकाहरुका लागि बजेटको मात्रा बढाउने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौँमा शनिबार भएको विपद्‌मा प्रयोग हुने सवारी साधन, उपकरण तथा अपांगता सहायता सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।

अपांग नागरिकलाई सम्मानजनक जीवन जिउने कसरी बनाउने भन्ने कुरामा सरकार गम्भीर रहेको गृहमन्त्री खाँणको भनाइ थिइ । उनले ले पछिल्लो समय सरकारले अपांग भएकाहरुलाई पनि जीवनवृद्धिका लागि मासिक केही रकम दिने निर्णय गरेको उल्लेख गरे । उनले आर्थिक र शारीरिकरुपमा कमजोर रहेकालाई समानस्तरमा ल्याउन सानैबाट स्कुलिङ हुन जरुरी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस