राष्ट्रिय परीक्षा बोर्डद्वारा उपसचिवदेखि कम्प्युटर सहायकसम्मका कर्मचारी माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय परीक्षा बोर्डद्वारा उपसचिवदेखि कम्प्युटर सहायकसम्मका कर्मचारी माग


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले उपसचिवदेखि कम्प्युटर सहायकसम्मका कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने पदपूर्तिका लागि बोर्डले दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका उम्मेदवारले ३० दिनभित्र नियमित शुल्क र दोब्बर शुल्क तिरी थप सात दिनभित्र आवेदन दिन सक्ने बोर्डले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

बोर्डले प्रशासन र प्राविधिकतर्फ अधिकृत प्रथमदेखि सहायक प्रथमसम्मका लागि आवेदन माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस