अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण


६ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् ।

थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि हिजो (बिहीबार) परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बिबिसीले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेन कोरोनाबाट सङ्क्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । साथै उनले एन्टीभाइरल औषधि पनि लिइरहेका छन् ।

७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोना भाइरस संक्रमणको सामान्य लक्षण देखिएको छ । उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिँदै आएका छन् ।

यसैगरी राष्ट्रपति बाइडेनकी पत्नी जिल बाइडेनका अनुसार उनी सङ्क्रमित भए पनि स्वास्थ्य अवस्था ठिक छ । आफ्नो कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको उनले बताएकी छिन् ।

राष्ट्रपति बाइडेनका चिकित्सक डा. केभिन कोनोरले ट्विट गरेर राष्ट्रपति बाइडन कोरोनाबाट सङ्क्रमित भएको जनाएका छन् । उनले कोरोनाविरुद्धको खोपको पूरा मात्र लिएका थिए । साथै उनले दुई बुस्टर डोजसमेत लिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस