कालिकोट खाँडाचक्रका मेयर नेकपा एसमा प्रवेश, अध्यक्ष नेपालले गरे स्वागत « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कालिकोट खाँडाचक्रका मेयर नेकपा एसमा प्रवेश, अध्यक्ष नेपालले गरे स्वागत


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ। कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।

काठमाडौँमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका हुन् ।

वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए ।

उनका प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले २६०९ मत ल्याएका थिए । शाहीलाई माओवादी र नेकपा एसको समर्थन थियो ।

यस नगरपालिकामा माओवादीले उपमेयर जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस