भारतमा राष्ट्रपतिको मत परिणाम आज, एनडीएकि मुर्मुको जित निश्चित भएपछि उत्सवको तयारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतमा राष्ट्रपतिको मत परिणाम आज, एनडीएकि मुर्मुको जित निश्चित भएपछि उत्सवको तयारी


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ । भारतमा राष्ट्रपति निर्वाचनको मतगणना हुँदैछ । जुलाई १८ मा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट हुँदैछ । 

निर्वाचनमा सत्तारुढ लोकतान्त्रिक गठबन्धन (एनडीए)का तर्फबाट आदिवासी सन्थाल महिला द्रौपदी मुर्मु र विपक्षीका तर्फबाट यशवन्त सिन्हा प्रतिस्पर्धामा छन् । 

मुर्मु को जित निश्चित जस्तो भएकाले मतगणना औपचारिक मात्र भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। अपराह्न चार बजेसम्म मत परिणाम आउने अपेक्षा गरिएको छ । 

भाजपाले द्रौपदी मुमुको विजयको उत्सव मनाउन व्यापक तयारी गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मुर्मुलाई  तिनमूर्ति मार्गमा रहेको उनको अस्थायी आवासमा भेट्ने र चुनावी नतिजा घोषणा भएपछि बधाई दिने बताइएको छ ।  मुर्मुको गृहनगर ओडिसा स्थित रायरङपुरका बासिन्दाहरू पनि २०,००० मिठाईहरू तयार पारेर उत्सव मनाउन तयार छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस