छानबिन समितिमा शर्माको बयान : अनाधिकृत व्यक्तिको घुसपैठ भएको छैन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छानबिन समितिमा शर्माको बयान : अनाधिकृत व्यक्तिको घुसपैठ भएको छैन


५ श्रावण २०७९, बिहिबार


काठमाडौँ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको जिकिर गरेका छन् ।

संसदीय समितिमा बयान दिन सिंहदरबार पुगेका तत्कालीन अर्थमन्त्री शर्माले अर्थमन्त्रालयमा बाहिरको मान्छे पस्ने कुनै सम्भावना नरहेको दाबी गरेका हुन् ।

बाहिरको मान्छे पसे सजिलै थाहा हुने बताए । उनले छानबिन समितिमा बयान दिँदै भने,‘त्या को भित्र आयो, को गयो’ भन्ने कुरा सजिलै थाहा हुनसक्छ । त्यहाँ सुरक्षाकर्मीहरू हुन्छन् अरू मर्यादापलकहरु हुन्छन् । बाहिरको मान्छे पस्ने कुनै सम्भावना छैन । पसेको भएको थाहा भैहाल्थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस