काँग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस प्रमुख सचेतकमा यादव र सचेतकमा विश्वकर्मा नियुक्त 


४ श्रावण २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले पार्टीको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् । 

बुधबार सभापति देउवाले पार्टीको प्रमुख सचेतकमा यादव र सचेतकमा मीनबहादुर विश्वकर्मालाई नियुक्त गरेका हुन् ।

यसअघि प्रमुख सचेतकमा रहेका बालकृष्ण खाँण गृहमन्त्री भएपछि रिक्त भएको उक्त पदमा यादव र पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुखमा नियुक्त भएपछि रिक्त रहेको सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।

यसअघि उपसभामुखको जिम्मेवारी सम्हालिसकेकी यादवले पार्टीको कोषाध्यक्षको रुपमा रहेकी थिइन् भने विश्वकर्मा काँग्रेस केन्द्रीय सदस्य हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस