आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड 


२ श्रावण २०७९, सोमबार


काठमाडौँ । साउनको पहिलो सोमबार आज पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । 

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । पाँचवटा सोमबार परेको साउनबाट नयाँ व्रतालुले पनि साउने सोमबारको व्रत सुरु गर्छन् । साउनको सोमबार व्रत गरेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

Tags :
प्रतिक्रिया दिनुहोस