वाइसिएलले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाइसिएलले गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने


३१ असार २०७९, शुक्रबार


काठमाडौँ । वाइसिएलले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउने भएको छ ।

गभर्नर अधिकारी एमाले अर्थ योजना विभाग सदस्य हुनुका साथै शैक्षिक योग्यता समेत नपुगेकाले बर्खास्त गर्नुपर्ने भन्दै वाइसिएलले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउने भएको हो ।

आज (शुक्रबार) प्रधानमन्त्री देउवालाई भेटेर वाइसिएलले ज्ञापनपत्र बुझाउने वाइसिएलका प्रचार विभाग प्रमुख पुष्प वलीले बताए । ‘हामीलाई प्रधानमन्त्री ज्युले बिहान साढे ११ बजेको समय दिनुभएको हो । फेरि एकछिन भन्नुभएको छ । आज दिउँसोसम्म ज्ञापनपत्र बुझाउँछौ’ वलीले भने, ‘आजै प्रधानमन्त्री ज्यूलाई भेटेर गभर्नर बर्खास्त गर्नुपर्‍यो भन्ने छ । राजनीतिक दलको कार्यकर्ता र शैक्षिक योग्यता समेत नपुगेको व्यक्ति नैतिक रुपमा गभर्नर बस्न मिल्दैन भन्ने छ ।’

एमालेले एम अधिकारी अरु नै हो भन्ने गरी छल्न खोजेपनि गभर्नर नै भएको पुष्टि भइसकेको वलीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस