झापाबाट ८० राउन्ड गोलीसहित एक जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

झापाबाट ८० राउन्ड गोलीसहित एक जना पक्राउ


२९ असार २०७९, बुधबार


बनियानी । झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

मङ्गलवार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्ने ८० राउन्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियङ्का मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल २९ थान, घडी दुई थान र नगद ६१ हजार ५०० गरी पाँच लाख १८ हजार २०० बराबरको चोरीको भएको थियो ।

उक्त चोरी भएको उजुरीका आधारमा चोरीमा संलग्न व्यक्तिको खोजीका क्रममा मङ्गलवार राति अभियुक्त प्यारेलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ । उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये एक थान मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउन्ड पेस्तोलको गोली बरामद भएको हो ।

उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद गरिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस