लेखा परीक्षण नै गराएनन् २६ सार्वजनिक संस्थानले « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

लेखा परीक्षण नै गराएनन् २६ सार्वजनिक संस्थानले


२९ असार २०७९, बुधबार


काठमाडौँ । मुलुकमा सञ्चालित सार्वजनिक संस्थानमध्ये २६ ले लेखा परीक्षण नै नगरेको पाइएको छ ।

महालेखापरीक्षकको ५९ औँ वार्षिक प्रतिवेदनको सारांश अनुसार २०७८ जेठसम्म १६ संस्थानले मात्रै तोकिएकै समयमा २०७७/७८ सम्मको लेखापरीक्षण गराएका छन् । मुलुकभित्र ४२ संस्थानहरू छन् ।

सारांशमा भनिएको छ, ‘२६ संस्थानले २०७७/७८ को लेखापरीक्षण गराएका छैनन् । राष्ट्रिय बिमा संस्थानले विगत ९ वर्षदेखि लेखापरीक्षण गराएको छैन । विशाल बजार कम्पनी र राष्ट्रिय बिमा कम्पनीले ५ वर्षदेखि, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले विगत ३ वर्षदेखि लेखा परीक्षण गराएका छैनन् ।’

सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७९ मा उल्लेख भएअनुसार ४२ संस्थानको विगत ३ वर्षको सञ्चालन अवस्था पनि नकारात्मक छ ।

प्रतिवेदनमा भनिएको छ, ‘४ क्षेत्रका १५ सार्वजनिक संस्थान निरन्तर घाटामा रहेका छन् । त्यस्ता संस्थानको कुल सञ्चित नोक्सानी २०७५र७६ मा २६ अर्ब ९ करोड ८ लाख रहेकोमा २०७६/७७ मा बढेर ३२ अर्ब ३ करोड ७८ लाख र २०७७/७८ मा ३५ अर्ब १६ करोड ८८ लाख पुगेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस