संविधानको प्रावधानअनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको हो : गृहमन्त्री « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संविधानको प्रावधानअनुसार नै नागरिकता ऐन संशोधन विधेयक आएको हो : गृहमन्त्री


२९ असार २०७९, बुधबार


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक संविधानको व्यवस्थाअनुसार नै आएको बताएका छन् । प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा विधेयकमाथिको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘यो विधेयक संविधानको व्यवस्थाअनुसार नै आएको हो’, उनले भने, ‘नागरिकता नपाएर असहज जीवन बिताइरहेकाहरूलाई नागरिकता दिलाउन यो विधेयक ल्याइएको हो ।’

उनले अघिल्लो सरकारले विधेयक लामो समय राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको र छलफलपछि प्रतिवेदन आउँदा पनि सहमति नजुटेपछि अर्को विधेयक ल्याउनुपरेको बताए ।

गृहमन्त्री खाँणले भने, ‘त्यो विधेयकलाई अगाडि बढाउने र पारित गरेर कानुन बनाउने संसदभित्रै प्रयास गरेको हो । तर, सकिएन । त्यस कारण फिर्ता लिनुपरेको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस