प्रधानमन्त्री देउवाद्वारा भानुको प्रतिमामा माल्यार्पण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री देउवाद्वारा भानुको प्रतिमामा माल्यार्पण


२९ असार २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको प्रतिमामा माल्यार्पण गरेका छन् ।

प्रज्ञा–प्रतिष्ठानद्वारा भानु प्रतिष्ठानसँगको सहकार्यमा आयोजना भएको प्रभातफेरीसहितको शोभायात्रापछि प्रतिमामा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस