स्वदेश फर्किनुअघि लिउ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वदेश फर्किनुअघि लिउ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुँदै


२९ असार २०७९, बुधबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार बिहान साढे १० बजे शीतल निवासमा भेट्ने कार्यक्रम छ ।

चार दिनको औपचारिक भ्रमणमा नेपाल आएका लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा.नारायण खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए।

उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाललगायतसँग भेटवार्ता गरेका थिए।

लिउ आज  स्वदेश फर्किने कार्यक्रम छ। 

Tags :
प्रतिक्रिया दिनुहोस