Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वार्ताको तयारीमा रुस र युक्रेन 


२९ असार २०७९, बुधबार


काठमाडौँ । रुसी र युक्रेनी अधिकारीहरूले बुधबार इस्तानबुलमा खाद्यान्नसम्बन्धी वार्ता गर्ने भएका छन् । 

रुस र युक्रेनबीचको युद्धका कारण खाद्यान्नको मूल्य विश्वव्यापी बढिरहेका बेला बुधबार दुई देशका प्रतिनिधिले टर्कीको इस्तानबुलमा बार्ता गर्न लागेका हुन् ।

रुसले आफ्नो लाखौँ टन खाद्यान्न चोरेको किभले मस्कोमाथि आरोप लगाउँदै आएको छ ।

गहुँ र अन्य अन्नका लागि युक्रेन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । तर, ब्ल्याक सीमा रूसी युद्धपोतले युक्रेनी ढुवानी अवरुद्ध गरेको छ । अत्यावश्यक खाद्यान्न व्यापार पुनः सुरु गर्ने प्रयास स्वरूप टर्कीले वार्ता आयोजना गरेको हो । वार्तामा संयुक्त राष्ट्र सङ्घको प्रतिनिधिमण्डल पनि सहभागी हुनेछन् ।

पछिल्ला समय रुस युक्रेनविरुद्ध बढी आक्रामक भएको छ । पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रलाई रुसी सेनाले निशाना बनाएका छन् । पूर्वी युक्रेनको खेर्सनमा युक्रेनले रुसी हतियार भण्डारलाई ध्वस्त पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस