श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले छाडे देश, दशकौँसम्म शासन गर्ने वंशको अन्त्य  « प्रशासन
Logo १३ माघ २०७९, शुक्रबार
   

श्रीलङ्काका राष्ट्रपति राजापाक्षेले छाडे देश, दशकौँसम्म शासन गर्ने वंशको अन्त्य 


२९ असार २०७९, बुधबार


काठमाडौँ । श्रीलङ्काका राष्ट्रपतिले देश छाडेका छन् । श्रीलङ्काको आर्थिक सङ्कटलाई लिएर व्यापक प्रदर्शन भइरहेका बेला राष्ट्रपति गोटाबाया राजापाक्षे बुधबार बिहान सेनाको एउटा विमानमा चढेर देश छाडेका छन् । 

७३ वर्षीय गोटाबाय स्थानीय समयअनुसार बिहान ३ बजे मालदिभ्सको राजधानी माले पुगेको बीबीसीले जनाएको छ । उनीसँगै पत्नी र एक जना गार्ड पनि रहेका बताइएको छ । 

राजपाक्षेको प्रस्थानले  श्रीलंकामा दशकौँसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य गरेको छ । शनिबार उनको निवासमा भीडले आक्रमण गरेपछि उनी लुकेर बसेका थिए । 

राष्ट्रपतिले यसअघि १३ जुलाई अर्थात् आज राजीनामा दिने वाचा गरेका थिए । उनका भाइ पूर्वअर्थमन्त्री बसिल राजापाक्षेले पनि देश छाडेको बीबीसीले जनाएको छ । उनी अमेरिका जाँदै गरेको बताइएको छ । राष्ट्रपति भागेपछि केही प्रदर्शनकारीले खुसीयाली मनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस