विश्वकप लिग टू : आज स्कटल्याण्डसँग भिड्दै नेपाल  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वकप लिग टू : आज स्कटल्याण्डसँग भिड्दै नेपाल 


२९ असार २०७९, बुधबार


काठमाडौँ । आइसिसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज दोस्रो  खेल  खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३१५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपाल आज स्कटल्याण्डलाई हराउँदै सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । 

स्कटल्याण्ड भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको थियो ।  

लिग टू को अङ्क तालिकामा नेपाल १७ खेलमा १५ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस