डुबेर तीन बालबालिकाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डुबेर तीन बालबालिकाको मृत्यु


२९ असार २०७९, बुधबार


ढल

काठमाडौँ । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा मंगलबार मात्रै तीन जना बालबालिकाको  पानीमा डुबेर मृत्यु भएको छ ।

रुपन्देहीको  लुम्बिनी सांस्कृतिक नगरपालिका-५ पिपरहवा बस्ने फलउदिन ईनरियाकी छोरी ५ वर्षीया मुस्कान खातुन र सोही ठाउँ बस्ने मोहागुल्लाह ईनरियाकी छोरी ३ वर्षीया जयनम ईनरियाको पानीमा डुबेर मृत्यु भएको हो ।

उनीहरू खेल्ने क्रममा घरबाट १ सय ५० मिटर टाढा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ । 

त्यस्तै रुपन्देहीकै  समरीमाई गाउँपालिका-५ दुबेथुमिवा बस्ने रोहित चाईकी छोरी ३ वर्षीया सिर्जना चाई सोही ठाउँ स्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेकी छन् ।

बुबाआमा खेतमा गएको बेला उनको नदीमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको प्रहरीको भनाइ छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस