संसदीय विशेष समितिद्वारा आवश्यक कागजात झिकाउन अर्थ मन्त्रालयलाई पत्राचार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसदीय विशेष समितिद्वारा आवश्यक कागजात झिकाउन अर्थ मन्त्रालयलाई पत्राचार


२८ असार २०७९, मंगलबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आवश्यक कागजात झिकाउन अर्थ मन्त्रालयलाई पत्राचार गर्ने भएको छ ।

सिंहदरबारमा मङ्गलवार ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको पहिलो बैठकले समिति सचिवालयले तयार पारेको कार्यविधिमाथि छलफल गरेर अन्तिम रूप दिँदै बजेट निर्माणका सवालमा अर्थ मन्त्रालयसँग सम्बन्धित कागजात मगाउन पत्राचार गर्ने निर्णय गरेको हो ।

त्यस्तै समिति सभापति चयन गर्ने विषयमा छलफल भए पनि सहमति जुट्न सकेन । समितिका एक सदस्यले दिएको जानकारी अनुसार सहमतिकै आधारमा सभापति चयन गर्न दलहरू सकारात्मक रहेका छन् । भोलि बस्ने बैठकबाट सभापति चयन गर्ने समितिको तयारी छ ।

समितिको अर्को बैठक बुधबार दिउँसो साढे बजे सिंहदरबारमा बस्नेछ । बजेट निर्माण गर्दा अनाधिकृत व्यक्ति प्रवेश गराएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न असार २२ गते ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । समितिलाई १० दिनभित्र प्रतिवेदन तयार पार्न भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस