चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ काठमाडौँमा, यस्तो छ ‘सेड्युल’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ काठमाडौँमा, यस्तो छ ‘सेड्युल’


२६ असार २०७९, आइतबार


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ आज (आइतबार) बिहान काठमाडौँ ओर्लिएका छन् ।

८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहान साढे ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उनको स्वागत गरेका छन् । लिउ होटल द्वारिकामा रहनेछन् ।

नेपाल रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार लिउले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् । राष्ट्रपति र अन्य नेताहरुसँग सोमबार भेटवार्ता गर्नेछन् ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए ।

नेपालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा हस्ताक्षर गरिसकेको छ । थप प्रक्रिया भने बढेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस