लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको ज्यान गयो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लडेर बेहोस भएका प्रशिक्षार्थी प्रहरी जवानको ज्यान गयो


२६ असार २०७९, आइतबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका प्रहरी जवानको ज्यान गएको छ ।

लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका-६ झाडिगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको उपचारका क्रममा ज्यान गएको हो ।

तालिम केन्द्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बोहरा गएको २२ गते १० किलोमिटर लामो दौडका क्रममा लडेर बेहोस भएको थिए ।

लामो समयसम्म होस नआएपछि हेलिकप्टरमार्फत उपचारका लागि उनलाई कोहलपुर रेफर गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस