सङ्खुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ३१ जना घाइते « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सङ्खुवासभामा मलामी बोकेको ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु, ३१ जना घाइते


२४ असार २०७९, शुक्रबार


सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु ३१ जना घाइते भएका छन् ।

शुक्रबार खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।

मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की रहेको प्रहरी निरीक्षक खनालले बताए ।

मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर दुम्कटा नजिकै दुर्घटनामा परको हो । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार र जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा ४४ जना सवार रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस