सर्वोच्चको आदेशपछि वायुसेवा निगमका कार्यकारी अध्यक्ष फर्किए काममा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सर्वोच्चको आदेशपछि वायुसेवा निगमका कार्यकारी अध्यक्ष फर्किए काममा


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नियमित काममा फर्किएका छन् ।

सरकारले कार्यकारी अध्यक्ष अधिकारीलाई ६ असारमा निलम्बन गर्ने निर्णय गरेको थियो । अधिकारीले यस निर्णय विरुद्ध १३ असारमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

सर्वोच्च अदालतले बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै कार्यकारी अध्यक्ष अधिकारीलाई काममा फर्कन बाटो खोलेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस