गोली प्रहारपछि घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जोको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गोली प्रहारपछि घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जोको मृत्यु


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।

जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो । एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ ।

नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि शुक्रबार बिहान गोली प्रहार भएको थियो । उनलाई छातीमा गोली लागेको थियो ।

तत्काल एम्बुलेन्समा हालेर लगिएकोको थियो । नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा भाषण गरिरहेका थिए । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी त्यसपछि गम्भीर हुँदै गए ।

आबेलाई गोली हान्ने ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । आबे ६७ वर्षका थिए । उनले सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्ममा दुई पटक प्रधानमन्त्रीको कार्यकाल सम्हालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस