जनार्दन शर्मामाथि छानबिन समितिले मङ्गलवारबाट काम सुरु गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जनार्दन शर्मामाथि छानबिन समितिले मङ्गलवारबाट काम सुरु गर्ने


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलिया प्रयोग गरेको विषयमा छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले मङ्गलवारबाट काम सुरु गर्ने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार समितिको सहजीकरण बैठक बोलाएका थिए ।

उक्त बैठकमा मङ्गलवारबाट काम सुरु गर्ने सहमति भएको हो । बजेट निर्माणमा बिचौलियाको प्रयोग गरेको विषयमा सार्वजनिक भएपछि गत बुधबार प्रतिनिधि सभाले ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरेको थियो ।

समितिलाई छानबिनका लागि १० दिनको समय दिइएको छ । आरोप लागेपछि नै शर्माले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस