राष्ट्रपति भण्डारीद्वारा दुई वटा विधेयक प्रमाणीकरण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रपति भण्डारीद्वारा दुई वटा विधेयक प्रमाणीकरण


२४ असार २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस