चट्याङ लागेर जुम्लामा एक युवाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चट्याङ लागेर जुम्लामा एक युवाको मृत्यु


२३ असार २०७९, बिहिबार


जुम्ला । जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ ।

जिल्लाको तिला गाउँपालिका ९ निवासी ती युवाको चट्याङले मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो ।

मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका तिला–९ निवासी १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस