दोहोर्‍याएर त्रिविले सोध्यो दुई उपप्राध्यापकलाई स्पष्टीकरण « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

दोहोर्‍याएर त्रिविले सोध्यो दुई उपप्राध्यापकलाई स्पष्टीकरण


२३ असार २०७९, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुरले दुई जना उपप्राध्यापकमाथि दोहोर्‍याएर स्पष्टीकरण सोधेको छ।

शिक्षा शास्त्र केन्द्रीय विभाग उपप्राध्यापकहरू हिमाकुमारी रावल र सरस्वती दवाडीलाई त्रिविले सुरूमा वैशाख २५ मा १५ दिने स्पष्टीकरण सोधेको थियो। उक्त स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएको भन्दै उनीहरूमाथि फेरि स्पष्टीकरण सोधेको छ।

कार्यकारी परिषदको  असार १२ को निर्णयअनुसार ३५ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।

उनीहरू जानकारीविना लगातार ९० दिनभन्दा बढी त्रिविमा अनुपस्थित रहेका थिए।

स्पष्टीकरण चित्तबुझ्दो नआएमा भविष्यमा विश्वविद्यालय सेवाका लागि अयोग्य नठहरिने गरी उनीहरूलाई हटाउने त्रिविको तयारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस