अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अर्थमन्त्री शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन


२२ असार २०७९, बुधबार


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।

प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा संसद्को सबैभन्दा ठुलो दल नेकपा एमालेबाट ४ जना सदस्य रहने भएका छन् ।

त्यस्तै नेपाली काँग्रेस र माओवादी केन्द्रबाट दुई/ दुई जना रहनेछन् ।

जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक /एक जना रहने बताइएको छ ।

समितिको संयोजक सदस्यहरूबाट चयन हुने समझदारी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस