काठमाडौँ । नेपाल प्रहरीका ६ जना एसएसपीको सरुवा भएको छ ।
गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुखमा एसएसपी भरत बोहोरालाई सरुवा गरेको छ ।
यस्तै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी जनक भट्टराई सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
यस्तै मानव बेचबिखन नियन्त्रण अनुसन्धान ब्युरोमा अनुराग द्विवेदी, लागुऔषध नियन्त्रण ब्युरोमा विकासराज खनाल, अपराध अनुसन्धान विद्यालयमा विष्णु केसी र कुवेर कडायतलाई विपद् व्यवस्थापन महाशाखा सरुवा गरिएको छ ।

