राज्यविरुद्धको अपराध आरोपमा अर्थमन्त्रीविरुद्ध जाहेरी दिँदै राप्रपा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राज्यविरुद्धको अपराध आरोपमा अर्थमन्त्रीविरुद्ध जाहेरी दिँदै राप्रपा


२२ असार २०७९, बुधबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरीमा जाहेरी दिने भएको छ । राज्यविरुद्ध अपराध गरेको आरोप लगाउँदै काठमाडौं प्रहरी कार्यालय टेकुमा जाहेरी दिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।

बजेट निर्माणमा विदेशी नागरिकसहित अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा उनीमाथि कारबाही माग गर्दै राप्रपाले जाहेरी दिने भएको हो । अर्थमन्त्रीले देशको राष्ट्रिय बजेटमा खेलबाड गरेर राज्यविरुद्धको अपराध गरेको राप्रपाको ठहर छ ।

प्रहरी स्रोतले कानुनतः बहालबहाला मन्त्रीविरुद्ध फौजदारी आरोपमा जाहेरी दर्ता गर्न सकिने बताएको छ । पक्राउ गर्नुपरेको अवस्थामा भने सभामुखलाई पूर्वजानकारी गराउनुपर्ने प्रावधान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस