अन्ततः अर्थमन्त्रीबारे संसदीय छानबिन समिति बनाउन तयार भयो माओवादी « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

अन्ततः अर्थमन्त्रीबारे संसदीय छानबिन समिति बनाउन तयार भयो माओवादी


२२ असार २०७९, बुधबार


काठमाडौँ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार देखिएको छ ।

आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानबिन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री शर्मालाई बहिस्कार गर्दै आएकाले छानबिन समिति गठनका लागि माओवादी नेताहरुले एमालेसँग छलफल गर्न चाहेका छन् । आज बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ । एमाले भने अर्थमन्त्रीलाई सुन्न तयार देखिएको छैन ।

संसदमा बजेट प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन अनधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ । सो दिनको सिसिटिभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको आलोचना हुँदै आएको छ ।

अर्थमन्त्रीको विषयमा चौतर्फी आलोचना भइरहँदा पनि सरकार मौन बसेको भन्दै एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको नियतमा पनि प्रश्न उठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस