वाग्मतीमा मुख्यमन्त्री परिवर्तन गठबन्धनको निर्णय नहुन्जेलसम्म हुँदैन : नेपाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

वाग्मतीमा मुख्यमन्त्री परिवर्तन गठबन्धनको निर्णय नहुन्जेलसम्म हुँदैन : नेपाल


१८ असार २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको निर्णय नहुन्जेल वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन् ।

काठमाडौँमा भएको एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस