मणिपुरमा पहिरोमा परी १८ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मणिपुरमा पहिरोमा परी १८ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता


१८ असार २०७९, शनिबार


काठमाडौँ । भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ। ५० जना भन्दा बढी हराइरहेका छन्।

बीबीसीका अनुसार घाइते १८ जनालाई अस्पताल भर्ना गरिएको छ। जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माण भइरहेको वेला वर्षासँगै ठूलो पहिरो गएर उनीहरू पुरिएको अधिकारीहरूले बताएका छन्।

निरन्तरको वर्षाले उद्धारमा कठिनाइ भएको मणिपुरका मुख्यमन्त्री एन बिरेन सिंहले बताए। त्यहाँ आगामी २४ घण्टा भारी वर्षा हुने अनुमान गरिएको छ।

समाचारका अनुसार रेलमार्ग निर्माणका क्रममा सुरक्षाका लागि ठूलो संख्यामा प्रादेशिक सेनाका जवान तैनाथ गरिएको थियो। मृत्यु हुनेहरूमा केही मजदुर र सेनाका जवान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस