अमेरिकी राजदूत खत्रीलाई मेक्सिकोको जिम्मेवारी, बहराइनमा वाग्ले नियुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकी राजदूत खत्रीलाई मेक्सिकोको जिम्मेवारी, बहराइनमा वाग्ले नियुक्त


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मेक्सिको र बहराइका लागि राजदूत नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले मेक्सिकोका लागि प्रा. श्रीधर खत्रीलाई र बहराइनका लागि तीर्थराज वाग्लेलाई नियुक्त गरेकी हुन् । अमेरिकाका लागि नेपाली राजदूतसमेत रहेका खत्रीलाई मेक्सिकोको जिम्मेवारी पनि तोकिएको हो।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अमेरिकाका लागि आवासीय राजदूत प्रा। श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिको र धारा २८२ बमोजिम तीर्थ वाग्लेलाई बहराइनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै भनेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस