काठमाडौँको आर्थिक विधेयक सर्वसम्मत पारित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँको आर्थिक विधेयक सर्वसम्मत पारित


१७ असार २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ ।

महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो ।

आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साहले प्रतिबद्धता व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको हो ।

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ । जसमा आन्तरिक आयतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ ।

आर्थिक विधेयकमा कर, शुल्क दस्तुर सहितका आन्तरिक आयको विषय रहेको हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस