डलरको भाउ अहिलेसम्मकै उच्च « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

डलरको भाउ अहिलेसम्मकै उच्च


१६ असार २०७९, बिहिबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १३२ रुपैयाँ ६२ पैसा र बिक्री दर १३३ रुपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ४७ पैसा र बिक्री दर १५४ रुपैयाँ २० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३६ पैसा र बिक्री दर ३४ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस