लुम्बिनी सरकारको बजेट बहुमतले पारित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनी सरकारको बजेट बहुमतले पारित


१५ असार २०७९, बुधबार


बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट वहुमतले पारित भएको छ ।

प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ सरकारले दिएपछि बुधबार पारित भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बुधबार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कुलप्रसाद केसीले बजेट कार्यान्वयनमार्फत प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन सबैको साथ लिएर सरकार अघि बढ्ने बताए ।

वजेटमाथि छलफलका क्रममा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले भने नीति र कार्यक्रम भन्दा बाहिर गएर चुनाव लक्षित टुक्रे योजनामा रकम बाँड्ने गरी बजेट ल्याइएको भन्दै चर्को आलोचना गरेका थिए ।

प्रदेश प्रहरी र सञ्चार विधेयक पारित
प्रदेश सभाको बुधबारको बैठकबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र सञ्चार विधेयक समेत पारित भएको छ । दुवै विधेयक कानून समितिका सभापति दामाकुमारी शर्माले सभामा प्रस्तुत गरेकी थिइन् ।

प्रदेश सभा वैठकमा मुख्यमन्त्री केसीले माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री बनेकी विमला खत्री वलीले पदबाट दिएको राजीनामा सरकारले स्वीकृत गरेको जानकारी गराएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस