२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व छलीको अभियोगमा २७ जनाविरुद्ध मुद्दा दायर

अ+ अ-

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जना विरुद्ध मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध उच्च अदालत पाटनमा विभागले मुद्दा दायर गरेको हो ।

मालवस्तु पठाउँदा ढुवानी साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्यअभिवृद्धि कर र लाभांश लगायतका राजस्व नतिरेको विभागले जनाएको छ ।

मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँ बराबर बिगो माग दाबी गर्दै जरिवानासहित ४४ करोड ३८ लाख रुपैयाँ सजाय माग गरिएको छ ।

मुद्दा दायर गरिएकाहरुमा पशुपति रोड क्यारियर्सका संचालकहरु महेन्द्रप्रसाद गुप्ता, राजेन्द्रप्रसाद गुप्ता, मधुकुमारी गुप्ता र कर्मचारीहरु उपेन्द्रकुमार सिंह, अन्जियन आलम छन् ।

त्यस्तै मनकामना सप्लायर्सकी प्रोप्राइटर रेखा जैसवाल, कारोबारी राकेशप्रसाद जैसवाल, सुद्रानिया इम्पेक्सका प्रोप्राइटर भरतकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको छ ।

मुद्दा पर्ने अन्यमा आरएनएस इन्टरनेसनलका संचालक अमित प्रधान, व्यवस्थापक सुजित महर्जन, कर्मचारी श्यामप्रसाद बस्याल, अरुण क्लोथ सपका प्रोप्राइटर चन्द्रबहादुर श्रेष्ठ, कर्मचारी जयबहादुर भट्ट, मुख्य कारोबारी भारतीय नागरिक अभिषेक कुमार छन् ।

एनए इम्पेक्सकी प्रोप्राइटर रिमा केडिया, मुख्य कारोबारी सुभासचन्द्र अग्रवाल, एआर साडी कलेक्सनका प्रोप्राइटर भारतीय नागरिक सोहन शाह, कारोबारी नन्दनकुमार, एजिलिटी मार्केटिङका सञ्चालक तीर्थराज पुरी, खुसी साडी कलेक्सनकी किरणदेवी साह, एचएमडीएम इन्टरप्राइजेजका सुरेश श्रेष्ठ, राजकुमार एन्ड सन्सका राजकुमार अग्रवाल, मिलाप सिंघलविरुद्ध पनि मुद्दा दायर भएको छ ।

न्यु उत्सव ट्रेड कन्सर्नका लिला गौतम, कारोबारी दामोदर रिमाल, फेसन ब्वाई सेन्टरका दिनेश्वरकुमार ओझा र सोही कम्पनीका सुमितकुमार डाल्मियाविरुद्ध मुद्दा दायर भएको छ ।