हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी सडकखण्ड अवरुद्ध


१५ असार २०७९, बुधबार


मकवानपुर । वर्षासँगै आएको पहिरोका कारण हेटौँडाबाट सङ्घीय राजधानी जोड्ने सिस्नेरी सडकखण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ ।

इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भन्ज्याङस्थित गए राति आएको पहिरोका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।

उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात् पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उनले बताए । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।

यस्तै हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा गारोखोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय ठिङ्गनले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस