मृत भेटिए विद्युत् प्राधिकरणका कर्मचारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मृत भेटिए विद्युत् प्राधिकरणका कर्मचारी


१४ असार २०७९, मंगलबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका एक जना कर्मचारी मृत भेटिएका छन् ।

कैलालीको मनिकापुर–७ घर भई हाल काठमाडौँको टोखा-१० बस्दै आएका प्राधिकरणका इलेक्ट्रोनिक चौथो तहका कर्मचारी ४५ वर्षीय सलेन्द्र हमाल मृत अवस्थामा भेटिएका हुन् ।

रत्नपार्कस्थित विद्युत् प्राधिकरणको आराम गर्ने कोठामा उनी मङ्गलवार बिहान साढे ९ बजे मृत अवस्थामा भेटिएका थिए । उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको छ । मृत्युको कारण खुलिसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस