चट्याङ लागेर २ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चट्याङ लागेर २ जनाको मृत्यु


१४ असार २०७९, मंगलबार


काठमाडौँ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए ।

‘चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो’ प्रहरी निरीक्षक मल्लले भने, ‘अहिले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ ।’

त्यसैगरी चट्याङ परेर पुनर्वास नगरपालिका-८ ‘क’ गाउँका २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा धान रोप्दै गर्दा खेतमा मेड हाल्ने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतक थापासँगै रहेका अर्का एक व्यक्तिसमेत सामान्य घाइते भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस