२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजदेखि तीन दिन मनसुन थप सक्रिय हुने, देशभर भारी वर्षाको सम्भावना

अ+ अ-

काठमाडौँ । आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ।

प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

कर्णाली र सुदूर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

पूर्वी नेपालका केही स्थानमा गए रातिदेखि भारी वर्षा भइरहेको छ। भारी वर्षाका कारण राति १२ बजेदेखि झापाको भद्रपुर, विर्तामोड, शनिश्चचरे, दोमुखी- कन्काई र आसपास भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारी वर्षाका कारण पहिरो, भू-क्षय तथा उच्च बहावको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले यसअघि नै विशेष बुलेटिन जारी गर्दै जनाइसकेको छ ।
यस्तै बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक(दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

राती स् देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै बिहीबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेश केही स्थानहरूमा र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।