देउवा र दाहाललाई नेकपा एसले भन्यो : हाम्रो निर्णयको कदर गर्नू « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

देउवा र दाहाललाई नेकपा एसले भन्यो : हाम्रो निर्णयको कदर गर्नू


११ असार २०७९, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ नगर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चेतावनी दिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूसँग प्रवक्ता जगन्नाथ खतिवडाले तत्काल पार्टीले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताए ।

उनले भने, ‘मन्त्रिमण्डलमा प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौँ अब पर्खिने छैनौँ । तत्काल हाम्रो काम पूरा गर्नुहोस् । नयाँ मन्त्रीलाई शपथग्रहण गराउने काममा लाग्नुहोस्। पार्टीको निर्णयको कदर गर्नुहोस् । अब पनि ढिलो भयो भने अपमानको रूपमा सम्झिने छौँ । प्रतिरोध गर्नु पर्दैन । हेलचेक्र्याइँ गर्दा वा खेल्न खोज्दा हामीलाई अप्ठ्यारोमा पार्ने वा लज्जित गर्न खोजेको देखिएको छ ।’

उनले मन्त्रिपरिषद् हेरफेरको विषयमा अपमान गर्न खोजेको अनुभूति भएको पनि बताएका थिए । उनले भने, ‘अब ढिलाइ नगर्नुहोस् मात्रै भनेका छौँ । ढिलो भयो भने त्यसपछिको कुरा त्यसपछि गरौँला ।’

Tags :
प्रतिक्रिया दिनुहोस