थोरै दाइजो ल्याएको रिसमा श्रीमतीको हत्या « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

थोरै दाइजो ल्याएको रिसमा श्रीमतीको हत्या


११ असार २०७९, शनिबार


हत्या

काठमाडौँ । अर्घाखाँचीको मालारानीमा दाइजो कम ल्याएको विषयमा एक युवकले श्रीमतीको हत्या गरेका छन् ।

मालारानी गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नी श्रीमती २७ वर्षीय सरु भट्टराई भुसालको हत्या गरेका हुन् ।

दुई वर्षअघि रूपन्देहीको सैनामैना ४ कि सरूसँग मागी विवाह गरेका कमलले विवाहको केही समयपछि नै दाइजोको विषयमा श्रीमतीलाई तनाव दिने गरेको स्थानीय बुद्विराम खत्रीले बताए ।

‘दाइजोको विषयमा पटक पटक श्रीमानले पीडा दिएको कुरा सरूले बताएकी थिइन्, हत्याको मूल कारण यहीँबाट हुनुपर्छ, अनुसन्धानमा खुल्ला, विवाहको केही समयपछि नै विवाद सुरू भएको थियो,’ उनले भने ।

सरू र कमलको एक वर्षको छोरा छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले श्रीमतीको हत्या गरेका कमललाई पक्राउ गरिसकेको छ ।

शुक्रबार दिउँसोको सोही ठाउँमा रहेको शाहीटोलको जंगलमा घाँस काट्न गएकी श्रीमतीलाई गम्छाले घाँटी थिचेर हत्या गरेको कमलले प्रहरीलाई जनाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

उनले श्रीमती हत्या गरी सेउलाले ढाकछोप गरेर फालेका थिए । यस बारेमा थप अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेर आएको र केही समयमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस