बाढी आएपछि मध्यरातमा घर छोडेर भागे स्थानीय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बाढी आएपछि मध्यरातमा घर छोडेर भागे स्थानीय


११ असार २०७९, शनिबार


काठमाडौँ । गए राति आएको बाढीले मेलम्ची नगरपालिका-११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ ।

बाढीको त्रासले मध्यरातमा हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए । राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको हेलम्बु-२ का प्रभा भण्डारीले बताए ।

गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो ।

अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको स्थानीय दशरथ दनुवारले बताए। यसबाट ६ वडाका नागरिक प्रभावित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस