मोरङका उद्योगी र मजदुरले मागे अर्थमन्त्रीको राजीनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मोरङका उद्योगी र मजदुरले मागे अर्थमन्त्रीको राजीनामा


९ असार २०७९, बिहिबार


विराटनगर । मोरङका उद्योगी र मजदुरले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन् ।

स्यानेटरी प्याड, वनस्पति तेल र एमएस वायरमा आधारित स्टील उद्योगको संरक्षणको माग गर्दै बिहीबार प्रदर्शन गरेका उद्योगी र मजदुरहरुले शर्माको राजीनामा माग गरेका हुन् ।

यसअघि उद्योगीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर भन्सार नीति परिवर्तन गर्न आग्रह गरेका थिए । शर्माले आश्वासन दिए पनि माग सम्बोधन नभएपछि बिहीबारबाट आन्दोलन सुरु गरेका हुन् ।

माग सम्बोधन नभएपछि अर्थमन्त्रीको राजीनामा माग गरिएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । बिहीबारबाट चरणबद्ध आन्दोलन सुरु भएको बताउँदै उनले आइतबारदेखि चक्काजाम गर्ने बताए ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा स्यानेटरी प्याडको आयातमा लाग्दै आएको १५ प्रतिशतको भन्सार महशुललाई ९० प्रतिशत कटौती गरी १।५ प्रतिशत कायम गरेको घोषणा गरेका थिए ।

तयारी वस्तुमा १।५ प्रतिशत कायम गरेपनि कच्चा पदार्थमा साढे ७ प्रतिशत भन्सार महशुल कायम गरेको व्यावसायीले गुनासो छ । सरकारको नीतिले स्टील उद्योग पनि संकटमा पर्ने उद्योगीको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस