बार काउन्सिलले अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बार काउन्सिलले अधिवक्ता पोखरेललाई स्पष्टीकरण सोध्ने


८ असार २०७९, बुधबार


काठमाडौँ । कानून व्यवसायी परिषद (बार काउन्सिल) ले नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

घुस लेनदेनको डिल गरेको अडियो टेप बाहिरिएपछि बुधबार समितिको बैठक बसेको थियो ।

बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै उनलाई उपस्थित हुन म्याद जारी गरेको एक सदस्यले बताए । समितिकी सदस्य सचिव एवं परिषदकी सचिव मोना सिंहले स्पष्टीकरणपछि प्रमाण बुझेर थप निर्णय हुने बताइन् ।

परिषदको अनुशासन समितिमा अध्यक्ष एवं महान्यायाधिवक्ता खम्मबहादुर खाती छन् । त्यसैगरी सदस्यमा वरिष्ठ अधिवक्ता रजितभक्त प्रधानांग र बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस